अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा बिनोद बराल
ratopati.com · Fri Dec 15 00:42:00 GMT 2023
लन्डन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल चयन भएका छन्। खानाको अनुसन्धान र खोजीमा दक्ष मानिने सेफ तथा व्यवसायी बरालले यूके अध्यक्षका रूपमा आफ्ना अनुभव र प्रतिवद्धतामार्फत फिनेको उद्देश्यहरूलाई अगाडि बढाउने र नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
फिनेको नेतृत्वमा बेलायतमा मात्र नभई संसारभर फैलिएका युवा उद्यमीहरूलाई सशक्तिकरण गर्ने, सहकार्य बढाउने र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै क्षेत्रमा ब्रीजको काम गर्न आफू लागि पर्ने नवनियुक्त अध्यक्ष बरालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)