बजारमा माग बढ्दो, खेती घट्दोः जुम्लामा हराउँदै कोदो
bishowkhabar.com · Mon Oct 26 01:26:12 GMT 2026

काठमाडौं – बजारमा कोदोको पिठोको माग बढ्दै गए पनि जुम्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ । रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढिरहेको समयमा उत्पादन गर्ने किसान घट्न थालेपछि जिल्लामा परम्परागत कोदो खेती सङ्कटमा पर्न थालेको छ । युवा पुस्ता कृषि पेसाबाट टाढिँदै जानु, खेतीयोग्य जमिन बाँझो रहनु र कोदो खेती विस्तारमा सम्बन्धित निकायको चासो नदेखिनुले यसको उत्पादनमा असर परेको किसानको भनाइ छ ।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय घट्दै गएको छ । बजारमा कोदोको पिठोको माग उच्च रहे पनि त्यसअनुसार उत्पादन बढ्न सकेको छैन । कोदोको उत्पादन वृद्धि, खेती विस्तार र उपभोग प्रवर्द्धनका लागि स्थानीय तहले पर्याप्त ध्यान दिन नसकेको किसानको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)