तीज गीत ‘नक्कल पारी’मा देखासिकीको बढ्दो प्रवृत्ति
nagariknews.nagariknetwork.com · Mon Aug 24 12:00:06 GMT 2026

अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक भएको छ। ‘नक्कल पारी’ बोलको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर छ। प्रशान्त शिवाकोटीको संगीत रहेको गीतमा सुष्मा सिग्देलको शब्द छ।
तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक फ्लेबरको गीतमा पछिल्लो समय तीज संस्कृति धान्ने चाडभन्दा पनि देखाउने माध्यम बन्दै गएको यथार्थलाई चित्रण गरेको छ। पहिरन र गहनामा अरुको देखासिकी गर्ने खराव प्रवत्ति हाबी हुँदै गएको वास्तविकतालाई गीतले टपक्क टिपेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)