मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
deshsanchar.com · Mon Aug 24 10:48:06 GMT 2026

महेन्द्रनगर –मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो। से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)