बोल्ड सुशीलालाई आग्रह: दुई वर्ष चुनाव नहोस् तर भ्रष्टाचारीविरुद्ध कठोर कारबाहीको अभियान चलाऊ
barnanmedia.com · Sun Oct 19 21:33:03 GMT 2025

जेनजी आन्दोलनको माग २०८४ को चुनावलाई २०८२ मा सार्ने होइन। यसको मूल मर्म र उद्देश्य नै मुलुकलाई भ्रष्टाचार, नातावाद र कृपावादबाट मुक्त गर्दै योग्यता र पारदर्शितामा आधारित शासन प्रणाली स्थापित गर्नु हो। जेनजी आन्दोलनले मुलुकका असल नागरिकहरूलाई एकत्रित गर्दै पुराना सडेगलेका राजनीतिक अभ्यासहरूविरुद्ध नयाँ चेतना जगाएको छ।
तर विडम्बना के छ भने अहिले केही स्वार्थी समूहहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई कमजोर देखाउने अभियान चलाइरहेका छन्। उनीहरू यस्तो भाष्य फैलाइरहेका छन् कि यो सरकार चुनावबाहेक अरू कुनै काम गर्न सक्दैन। वास्तवमा, यस्ता समूहहरू भ्रष्टाचार नियन्त्रणका लागि अघि बढाइएका साहसी कदमबाट तर्सिएका छन्। आज सुशीला कार्कीजस्तो बोल्ड छविको प्रधानमन्त्रीको आगमनसँगै दशकौँदेखि अपराध र कुशासनको जालो फैलाएर राज्यका निकायहरू कब्जा गर्ने ती नागराजहरूको हंशले ठाउँ छाडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)