नेपाल फर्किन भारतीय सीमामा बस्दै आएका एक नेपालीमा कोरोना देखियो, स्थिति भयावह हुने संकेत
rajdhanidaily.com · Tue May 12 17:32:58 UTC 2020
लुम्बिनी । स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ । नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक ड. उज्ज्वल कुमारले बताउनुयो ।
पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताउनुभयो । रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)