मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आधुनिक शिक्षाप्रणाली

gorkhapatraonline.com · Mon Oct 26 02:15:25 GMT 2026

नेपालको संविधानले शिक्षालाई मौलिक हकभित्र समेटेकाले सरकारले प्रत्येक नागरिकसम्म सहज रूपमा शैक्षिक पहुँच पु-याउने गरी शिक्षामा राष्ट्रिय ढुकुटीको ठुलो हिस्सा लगानी गर्दै आएको छ । विशेषतः ठुलो लगानी रहेको विद्यालय शिक्षामा शिक्षकलाई तलब, तालिम तथा भवन निर्माणमा राज्यले बर्सेनि अर्बौं रकम लगानी गरिरहेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय शैक्षिक सुधार कार्यव्रmम अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी हाल २५ वटा कार्यक्रम सञ्चालनमा रहेको बताउनुभएको छ । विशेषतः सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न साझेदार निकायको समन्वयमा विद्यालय शिक्षा क्षेत्र योजना सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम पनि लागु भइरहेको छ । दुई हजारभन्दा बढी विद्यार्थी सङ्ख्या भएको विद्यालयको भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकतासाथ अघि बढाइएको छ । योसँगै स्थानीय तहको समन्वयमा ‘हामी बनाउँछौँ हाम्रो विद्यालय’ कार्यक्रमसमेत सञ्चालनमा छ । शिक्षक तालिमको व्यवस्था, गरिब विपन्न बालबालिकालाई १२ कक्षासम्म छात्रवृत्ति प्रदान, दिवा खाजाका लागि विद्यालयलाई अनुदान कार्यव्रmमसमेत सञ्चालनमा छन् ।

विद्यालय शिक्षामा सरकारको अर्बाैं लगानी हुँदाहुँदै सरकारी विद्यालयप्रति अभिभावकको आकर्षण किन बढ्न सकेन र शैक्षिक गुणस्तर किन खस्कँदै गइरहेको छ ? सरकारले शिक्षकलार्ई तालिम, भत्ताको व्यवस्था र पेसागत सेवा सुविधाको मागलाई सम्बोधन गर्दै आए पनि शिक्षामा गरिएको सरकारी लगानीबाट सन्तोषजनक शैक्षिक उपलब्धि हात लाग्न सकेको छैन । गाउँघरदेखि सहरबजारसम्मका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । विद्यार्थीको अभावमा कतिपय विद्यालय त गाभ्नुपर्ने अवस्थामा पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)