संक्रमितले खचाखच भरिएको कोभिड वार्ड
news24nepal.tv · Fri Apr 30 00:15:24 GMT 2021
काठमाडाैं । भेरी अस्पतालको कोभिड वार्डमा एक जना महिला छट्पटाईरहेकी छन् । उनको मुखमा अक्सिजन लगाइएको छ । तरपनि उनलाई अप्ठ्यारो भइरहेको अवस्था देखेर सहजै अनुमान लगाउन सकिन्छ । महिलाको रेखदेख गर्न बसेका(कुरुवा) पुरुषले बेला–बेलामा ढाँडस दिइरहेका छन् । ‘मनोबल उच्च बनाउँ…तिमीलाई केही हुँदैन….हरेस नखाउ’ ति पुरुषले यस्तै–यस्तै शब्द निकालेर बाँच्ने मनोबल दिइरहेका छन् । हेर्दा सामान्य अवस्थाको जस्तो लागेपनि महिलालाई कोरोना भाईरसले उनलाई बेस्सरी च्यापेको जस्तो देखिन्छ ।
सोही वार्डमा भर्ना भएका अन्दाजी ५५ वर्ष जतिका पुरुषको अवस्था त झन् गम्भिर देखिन्छ । उनको रेखदेख गर्न परिवारका तीन जना खटिएका छन् । उनीहरु तीनै जनाले संक्रमितलाई बचाउन हरसम्भव प्रयास गरिरहेका छन् । यिनीहरु संक्रमितको शरीर मालिस गर्ने र भगवानलाई पुकार्ने काम गरिरहेका छन् । ‘बाबालाई बचाउ भगवान…बचाउ,’ नजिकै उभिएकी छोरीको सानो आवाज सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)