मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

rajdhanidaily.com · Fri Jul 30 23:33:31 GMT 2021

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि एआईएनले साढे ३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा एआईएन अध्यक्ष डा. सुशील कोइरालाले मञ्च अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे । सोही अवसरमा एआईएन अध्यक्ष डा. कोइरालाले कोभिड महामारी सुरु भएयता अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि एआईएनमा आवद्ध विभिन्न संस्थाले कोभिड किटका रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)