आफ्ना पीडा सुनाउन नागरिकले जिउँदै जल्नुपर्ने अवस्था आयो -सांसद विक
kendrabindu.com · Fri Jul 10 08:29:04 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सरकारको सय दिनको उपलब्धि सीमित हुँदै गएको आरोप लगाइन् । उनले गरिब तथा विपन्न नागरिकहरूले आफ्ना समस्या समाधान नभएपछि चरम कदम चाल्नुपर्ने अवस्था आएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)