मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दसैँ बिदापछि खुल्यो सेयर बजार, सुधारको लय समात्ने चुनौती

bishowkhabar.com · Mon Oct 26 02:49:47 GMT 2026

काठमाडौं – बडादसैँको लामो बिदापछि आजदेखि खुलेको सेयर बजारले बिदाअघिको सुधारलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने चासो लगानीकर्तामाझ बढेको छ । दसैँअघि लगातार सात कारोबार दिन सामान्य सुधार देखिएको बजारमा घट्दो ब्याजदर, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता र पुँजी बजार सुधारका लागि अघि बढाइएका नीतिगत पहलले केही आशा जगाएका छन् । तर, लगानीकर्ताको मनोविज्ञान र बजारमा खरिदबिक्रीको चापले नै अबको दिशा निर्धारण गर्नेछ ।

दसैँ बिदाअघिको अन्तिम कारोबार दिन असोज ३० गते नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ बिन्दुमा बन्द भएको थियो । उक्त दिन ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । लगातार सात कारोबार दिन सामान्य सुधार देखिएको बजारले बिदापछि पनि गति कायम राख्न सके लगानीकर्ताको मनोबल थप बलियो हुन सक्छ । तर, लामो बिदापछि बजारमा कति नयाँ माग आउँछ र बिक्रीका लागि कति सेयर बजारमा आउँछन् भन्ने कुराले कारोबारको सुरुआती दिशा तय गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)