मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

kendrabindu.com · Mon Oct 26 02:50:09 GMT 2026

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै बर्नमाउथसँग ३–० को हार व्यहोरेको छ । आइतबार ओल्ड ट्राफोर्डमा पाहुना टोली बर्नमाउथलाई जित दिलाउन रायन, मार्कस टाभर्नियर र इभानिल्सनले गोल गरे ।

खेलको ३८औँ मिनेटमा रायनको गोलमार्फत बर्नमाउथले अग्रता लिएको थियो । पाँच मिनेटपछि टाभर्नियरले टोलीको अग्रता दोब्बर बनाए । इभानिल्सनले ७१औँ मिनेटमा गोल गर्दै बर्नमाउथलाई सहज जित दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)