मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

clickmandu.com · Mon Oct 26 02:52:00 GMT 2026

चितवन । दुर्लभ एकसिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्ना टिसर्टलगायत सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत गैँडा संरक्षणमा लगानी गर्ने भएको हो ।

क्लबमार्फत चितवन र यहाँका गैँडालाई विश्वमा चिनाउँदै आएको ‘चितवन राइनोज’ तेस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुँदैछ । चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा क्लब लागेको बताए । उनले भने, “हाम्रो नाम नै गैँडासँग जोडिएकाले हामी यसको संरक्षणमा पनि योगदान दिन लागेका हौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)