उज्यालो पर्व र गाई–कुकुर–मानिस सम्बन्ध
rajdhanidaily.com · Sun Oct 19 22:55:30 GMT 2025
माधुर्य र सुन्दर चाड तिहारलाई ‘उज्यालो पर्व’ पनि भनिन्छ । तिहारको सबैभन्दा महŒवपूर्ण भाग गाईपूजा हो । हिन्दू संस्कृतिमा गाईलाई पवित्र जनावर मानिन्छ । यो प्राणी नेपालको राष्ट्रिय जनावर पनि हो । हिन्दू संस्कृतिमा विशेष स्थानमा रहेको गाईलाई प्रायः ‘गौ माता’ भनिन्छ, जसको अर्थ ‘गाई आमासरह’ हो । गाईले दूधजस्तो अमृत प्रदान गर्छ । हिन्दू पौराणिक कथा र धर्मशास्त्रमा गाई धन, शान्ति र समृद्धिको पनि प्रतीक हो । यिनीहरू देवदेवीसँग सम्बन्धित छन् ।
हिन्दूधर्मका सबैभन्दा प्रिय देवतामध्ये भगवान् कृष्णले बाल्यकालमा गाईको हेरचाह गर्दै बिताए । विश्वास छ कि गाईको हेरचाह गर्नाले आध्यात्मिक आशीर्वाद मिल्छ र जीवनका समस्या कम हुन्छन् । तिहारको समय गोवत्स द्वादशीमा गाई र बाछाको सम्मान गरिन्छ । गाईको पूजा गर्नाले घरमा आशीर्वाद, सौभाग्य र समृद्धि आउँछन् । तिहारमा गाईपूजा अनुष्ठानमै सीमित छैन । यो जनावर र प्रकृतिप्रति सम्मान सिकाउने तरिका पनि हो । गाईको हेरचाह, दया, धैर्य र कृतज्ञताको महŒव सम्झिन्छ । यस पर्वले मानिस र जनावर ‘कसरी सद्भावमा बाँच्न सक्छन् ?’ भनेर देखाउँछ । यो प्रेमभक्ति र सांस्कृतिक परम्पराको अद्भूत उदाहरण हो । गाई पूजाले दयालु र कोमल हुन सिकाउँछ । गाईलाई खुवाएर र हेरचाह गरेर जीवित प्राणीप्रति धैर्य, प्रेम र सम्मान सिक्छन् । तिहारको समय गाईपूजा जीवन, स्वास्थ्य र खुसीको आनन्ददायी उत्सव बन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)