स्थानीय सरकारको प्रभावकारिता
rajdhanidaily.com · Fri Jun 24 01:03:56 GMT 2022
स्थानीय सरकारको पृष्ठभूमि
स्थानीय सरकार देशको शासन सञ्चालनको एउटा महत्वपूर्ण आधार, प्रमुख संयन्त्र र संरचना हो । तृणमूल तहमा प्रत्यक्षरूपमा प्रजातान्त्रिक अभ्यास गर्ने थलोका रूपमा स्थानीय निकाय परिचित छन् भने नागरिकलाई नगिच रहेर सार्वजनिक सेवाप्रवाह गर्ने सरकारका रूपमा पनि अनुभवसिद्ध छन् । स्थानीय सरकारले जनताको नगिच रहेर जनताका आवश्यकता र चाहना स्थानीय स्रोतसाधन परिचालन गरेर पूरा गर्दछ र तीनै जनताप्रति उत्तरदायी हुन्छ । स्थानीय सरकारलाई जे नाम दिए पनि स्थानीय सरकारको अभ्यास आदिम कालदेखि नै भएको देखिन्छ । इजिप्ट र ग्रिसका सिटी स्टेटले स्वतन्त्ररूपमा शासन सञ्चालन गरेका दृष्टान्त छन् भने नेसनस्टेटको उदयपछि विलिन प्रायः भएका इतिहास पनि छ । सिटी स्टेट स्थानीय सरकारको एउटा रूप थियो भने नेसनस्टेटको आरम्भसँगै स्थानीय सरकार केन्द्रको बिस्तारित निकायका रूपमा रहन गएको देखिन्छ । नेपालको इतिहास अध्ययन गर्दा लिच्छवी र मल्ल कालमा भएको पाञ्चालिको अभ्यास र नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले विजित राज्यलाई निश्चित कर बुझाएर पूर्ववत शासन गर्ने स्वायतता दिनुलाई स्थानीय सरकार र विकेन्द्रीकरणको आरम्भ र अभ्यासको प्रस्थान बिन्दु मान्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)