निर्वाचनमा जान माओवादीलाई कठिन
ekantipur.com · Sun Jan 02 01:21:35 GMT 2022
काठमाडौँ — माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो ।
सहमतिमा केन्द्रीय समिति चयनको गृहकार्यसँगै माओवादीको निर्वाचन आयोगले औपचारिकताका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनबाट शनिबार विधान अनुमोदन भएलगत्तै आयोगले केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट चयन गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, सहमतिका लागि भन्दै निर्वाचन प्रक्रियाका सबै काम आइतबार २ बजेसम्मका लागि रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)