प्रधानमन्त्री कार्की नेतृत्वको सरकार खारेज गरिनुपर्छ : विप्लव
rajdhanidaily.com · Sun Oct 19 23:15:16 GMT 2025
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने कुरामा असफल भएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले जेनजी आन्दोलन संसद् भंग गर्ने र अन्तरिम सरकार बनाउनेसम्म पुगे पनि बलिदान, जीवनको आहुती, नेपाली जनताले दिएको साथ, लाखौं जनता सडकमा निस्किएको आन्दोलनको मर्मलाई पूरा गर्नेखालको राजनीतिक उद्देश्य भने प्राप्त हुन नसकेको बताएका हुन् । जेनजी आन्दोलनको जगमा बरू उल्टो नयाँ षड्यन्त्रहरू देखिएको विप्लवको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)