गणेश नेपालीको आत्मदाह प्रकरण : निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न एमालेको माग
baahrakhari.com · Fri Jul 10 09:20:37 GMT 2026

काठमाडौं । नेकपा (एमाले)ले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
२५ वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाले देशलाई नै स्तब्ध बनाएको एमालेले जनाएको छ । “नागरिकलाई गरिखाने वातावरण दिनुको साटो निराशा र प्रताडना मात्र दिने राज्य संयन्त्रको दबाबका कारण उहाँले यो आत्मघाती कदम चाल्नुभएको स्पष्ट छ,” पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)