मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु

gorkhapatraonline.com · Wed Jun 10 05:57:24 GMT 2026

दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट गस्तीमा गएको बेला कुलोमा चिप्लिएर लड्नुभएको थियो।

घाइते भट्टको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा बुधबार बिहान २ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)