एमालेले भन्यो: श्रमिक वर्ग माथी सरकारले गरेको अमानवीय व्यवहारको शिकारमा परे गणेश नेपाली
nagariknews.nagariknetwork.com · Fri Jul 10 09:24:25 GMT 2026

नेकपा एमालेले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गरेको छ । महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । पार्टीले वर्तमान सरकारले गरिब, श्रमिक र सुकुम्बासीमाथि शृङ्खलाबद्ध रूपमा जनविरोधी र अमानवीय गतिविधि गरिरहेको आरोप पनि लगाएको छ।
पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा मुगुका गणेश नेपाली रोजगारीका लागि काठमाडौं आएर राइडरका रूपमा संघर्ष गरिरहेको अवस्थामा राज्य संयन्त्रबाट परेको दबाब र प्रताडनाका कारण आत्मदाहजस्तो कदम चाल्न बाध्य भएको दाबी गरिएको छ। उपचारका क्रममा उनको निधन भएको उल्लेख गर्दै एमालेले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)