प्रधानमन्त्री कार्यालयका ६७ सुरक्षाकर्मी संक्रमित
rajdhanidaily.com · Sat Oct 03 17:04:40 UTC 2020
काठमाडौं । प्रधानमन्त्री तथा निवासको सुरक्षामा खटिएका विभिन्न सुरक्षा निकायका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट प्रधानमन्त्री निवासमा खटाइएका सुरक्षाकर्मीमा शुक्रबार र शनिबार गरी संक्रमण पुष्टि भएको हो ।
स्रोतका अनुसार सेनातर्फ २८, नेपाल प्रहरीतर्फ १९, सशस्त्र प्रहरीतर्फ १८ र विभागका २ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले संक्रमण देखिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आइसोलेसन पठाउने र उनीहरूसँग सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा राखेर उनीहरूको स्थानमा अन्य सुरक्षाकर्मीलाई पठाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)