मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कच्चा तेलको मूल्य ११५ डलर पुग्यो, नेपालमा पेट्रोलदेखि खाद्यान्नसम्म महँगीको जोखिम

kalakarmi.com · Mon Oct 26 03:41:08 GMT 2026

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दवाव पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो ।

सोमवार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ५२ साताको उच्चतम स्तर ११७.४१ डलर प्रतिब्यारेलको नजिक पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)