मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन गरियो सिंहदरबार गेटमा आरतीकी आमालाई लछारपछार ?

ekantipur.com · Tue Feb 06 01:10:13 GMT 2024

काठमाडौँ — सोमबार दिउँसो सिंहदरबारको दुई नम्बर गेटमा पास पूरा भई भित्र पसिसकेका थिए आरती साहकी आमा निर्मला र भाइ प्रेम । पछाडिबाट चर्किंदै एक प्रहरीले सोधिहाले, ‘तपाईंहरू आरती साहको परिवार होइन ?’ जवाफ दिन नपाउँदै प्रहरी हतारिँदै आइहाले, ‘बाहिर निस्कनुस्, तपाईंहरू भित्र जान पाउनुहुन्न ।’

हातमा न्यायको मागसहितको ध्यानाकर्षण पत्र बोकेका उनीहरूलाई त्यसपछि प्रहरीले जबर्जस्ती गेट बाहिर निकाल्यो । निर्मलालाई महिला प्रहरीहरूले जबर्जस्ती लछारपछार पार्दै गेट बाहिर ल्याए भने प्रेमलाई झ्याइँकुटी पारेरै प्रहरी भ्यानमा हुलियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)