कालापानी जाने सडक हुँदै व्यासी सौकाको कुञ्चा हिँड्यो
baahrakhari.com · Thu May 21 17:10:00 UTC 2020
दार्चुला । बन्दाबन्दीका कारण व्यास गाउँपालिकाको छांगरु र तिंकर उक्लिन नपाएका व्यासी सौका समुदायको कुञ्चा सरेको छ । सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुल भएर सौका समुदायको कुञ्चा सरेको हो ।
भारतको पिथौरागढ जिल्ला र नेपालको दार्चुला जिल्लाका अधिकारीबीच भएको सहमतिअनुसार व्यासीको कुञ्चा सरेको हो । कुञ्चा भनेको व्यासीको सौका समुदायको भाषामा बसाइ सर्नु हो । व्यासीहरु भारतले हालै उद्घाटन गरेको कालापानी लिपुलेक हुँदै चीन जोड्ने सडक भएर गाउँ फर्किएका छन् । उनीहरु व्यासस्थित नेपाल भारत जोड्ने सीतापुल भएर गाउँ पुग्नेछन् । हिमाली क्षेत्रका याक, झुपू र गाईबस्तु सदरमुकाममै अड्किएपछि उनीहरुलाई भारतीय बाटो भएर गाउँ पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)