बोलेरो दुर्घटना, २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु
kalakarmi.com · Mon Oct 26 04:11:45 GMT 2026

इलाम- इलामको देउमाई नगरपालिका-१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आइतवार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)