इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु
bishowkhabar.com · Mon Oct 26 04:15:21 GMT 2026

काठमाडौं – इलामको देउमाई नगरपालिका–१ चमैतामा आज बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चौरीबजारतर्फ जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
दुर्घटनामा देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)