अभिनेता राजपाल यादव फेरि जेल जानु पर्ने ?
kalakarmi.com · Fri Jul 10 10:11:35 GMT 2026

नयाँ दिल्ली– बलिउडका चर्चित हास्य अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा फेरि जेल जानु पर्ने भएको छ । भारतको दिल्ली उच्च अदालतले उनीविरुद्धको दोषी ठहरलाई कायम राख्दै तीन महिनाको साधारण कैदको सजाय यथावत् राखेको हो ।
उच्च अदालतले राजपाल यादव तथा अन्य अभियुक्तहरूले तल्लो अदालतको फैसला वदर गर्न दायर गरेको पुनरावेदन खारेज गरेको छ । अदालतले उनको व्यवहारलाई ‘सन्देहास्पद’ भन्दै पटक–पटक गरिएको प्रतिवद्धता पूरा गर्न असफल भएको टिप्पणीसमेत गरेको भारतीय सञ्चा रमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)