मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाममा बोलेरो गाडी दुर्घटना, घटनास्थलमै गयो ज्यान

himalpress.com · Mon Oct 26 04:18:12 GMT 2026

इलाम – इलामको देउमाई नगरपालिका–१, चमैतामा सोमबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।

स्थानीयवासीका अनुसार मे १ ज ३०४० नम्बरको सिङ्गर कम्पनीको बोलेरो गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनाका कारण गाडीमा सवार एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। यसअघि पनि उक्त क्षेत्रनजिकै सिङ्गर कम्पनीकै अर्को बोलेरो दुर्घटनामा पर्दा चालकको मृत्यु भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)