सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष पक्राउ
ratopati.com · Mon Oct 26 04:24:53 GMT 2026

सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)