प्रचण्ड-नेपाल समूह मंगलबार बैठक राख्ने पक्षमा, प्रधानमन्त्री सार्ने तयारीमा
setopati.com · Mon Jul 27 18:04:00 UTC 2020
गत साउन ६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले बाढीपहिरोका कारण समस्यामा परेकाहरूको राहत र उद्धारका लागि भनेर एक साता बैठक स्थगित गर्यो। त्योसँगै नेकपाभित्रको विवाद पनि स्थगित भएको थियो।
तर, यो एक सातामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच एकपटक मात्रै भेट भयो। पछिल्लोपटक साउन ९ गते उनीहरूले जम्माजम्मी ४५ मिनेट कुराकानी गरे, जुन खासै हार्दिकतापूर्वक हुन नसकेको स्रोतहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)