वीरगञ्जमा डाक्टर, प्रहरी र थुनुवासहित थप ७० जनामा कोरोना संक्रमण पुष्टि
ratopati.com
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा डाक्टर, प्रहरी र थुनुवासहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा ३ वर्षकी बालिकादेखि ८६ वर्ष बृद्ध पुरुष समेत रहेका छन् ।
उपाध्यायकाअनुसार शनिबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा नेशनल मेडिकल कलेजका ३० र ३१ वर्षका २ जना डाक्टर र एक जना २३ वर्षका पुरुष रहेका छन् । त्यस्तै संक्रमित हुनेहरुमा वडाप्रहरी कार्यालय विर्ताका ३ जना प्रहरी, वडा प्रहरी कार्यायल विर्ताकै थुनुवा कक्षमा रहेका १ महिलासहित ५ जना रहेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४१ वर्षीय १ पुरुष (प्रहरी), कृषी सामाग्री वीरगन्जका ५५ वर्षीय १ जना पुरुष (कर्मचारी), नारायणी अस्पतालका ३ पुरुष र १ महिला कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका ३ जनामा समेत संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)