गणेश नेपालीको मृत्युबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग
techpana.com · Fri Jul 10 10:22:36 GMT 2026

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका राइड शेयररिङ चालक गणेश नेपालीको घटनाबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसन नेपालले सरकारसँग माग गरेको छ । फाउन्डेसनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको वास्तविक सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान आवश्यक रहेको जनाएको हो ।
फाउन्डेसनले सार्वजनिक रूपमा आएका जानकारी र विभिन्न पक्षले गरेका दाबीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनेको छ, राइड गरिरहेका क्रममा महानगर प्रहरीद्वारा उहाँको मोटरसाइकलमा ह्विल लक लगाइएको तथा त्यसपछिको घटनाक्रममा टेजर प्रयोग भएको भन्दै विभिन्न प्रश्नहरू उठेका छन् । उक्त घटनापछि उहाँले आत्मदाहको प्रयास गर्नुभएको र उपचारको क्रममा उहाँको दुःखद निधन भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)