एशियन लाइफका सीईओ श्रेष्ठले दिए राजीनामा
clickmandu.com · Mon Oct 26 04:33:18 GMT 2026

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नयाँ व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ ।
कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको २२३औं बैठकले सीईओ श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)