मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

२३ दिनका लागि ६० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

ajakoartha.com · Wed Jun 10 06:05:00 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न बुधबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकले बोलकबोल (अक्सन) प्रक्रियामार्फत २३ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गर्न लागेको जनाएको छ। उक्त निक्षेपमा सहभागी संस्थाहरूले ब्याजदर प्रतिस्पर्धात्मक रूपमा प्रस्ताव गर्न सक्नेछन्।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ असार १९ गते भुक्तानी गरिनेछ। यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) उच्च स्तरमा रहेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)