“श्रम मन्त्रालयको ‘गाडी काण्ड’ : सहसचिवको आदेशमा उपसचिवलाई पुनः सरकारी सवारी”
newsofnepal.com · Wed Jun 10 06:06:46 GMT 2026

काठमाडौं ।
सरकारले सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न देशभरबाट ७४५ भन्दा बढी चारपाङ्ग्रे सरकारी गाडी फिर्ता ल्याएको घोषणा गरिरहेका बेला युवा, श्रम तथा रोजगार मन्त्रालयभित्र भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै निर्देशनलाई चुनौती दिँदै सरकारी सवारी साधनको दुरुपयोग भइरहेको तथ्य बाहिर आएको छ। कानुनतः राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी चारपाङ्ग्रे सवारी साधन सुविधा पाउने व्यवस्था छ। तर श्रम मन्त्रालयमा भने उपसचिव तहका कर्मचारीले समेत सरकारी गाडी प्रयोग गरिरहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ