सरकारले सार्वजनिक यातायातलाई सुरक्षित जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
barnanmedia.com · Fri Jul 10 10:29:08 GMT 2026

सरकारले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउन नयाँ मापदण्ड जारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गर्दै देशभर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक र मालवाहक सवारीसाधनमा उच्च प्रविधिको प्रयोग अनिवार्य गरेको हो ।
बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने र यात्रुको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको मापदण्डअनुसार अब सवारीसाधनमा जीपीएस ट्र्याकिङ, सीसीक्यामेरा, आपतकालीन बटन (एसओएस) र चालकको गतिविधि निगरानी गर्ने प्रणाली अनिवार्य रूपमा जडान गर्नुपर्नेछ । यी उपकरणबाट प्राप्त तथ्याङ्क यातायात व्यवस्था विभागको केन्द्रीय विद्युतीय प्रणालीमा जोडिने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)