अमेरिकामा दिनानुदिन बढ्दै कोरोना संक्रमणः बितेको २४ घण्टामा थपिए १५ हजार बढी संक्रमित
lokpath.com · Fri Jun 19 17:42:40 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख २१ हजार २३ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा १५ हजार २ सय १३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २२ लाख ७८ हजार ८ सय ६४ पुगेकोम छ । हालसम्म ९ लाख ३२ हजार ६ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ३ सय ३५ जनाको ज्यान गएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ४ लाख ५८ हजार ८ सय ५२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ८६ लाख ८० हजार २ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ४५ लाख ७६ हजार ५ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये ५४ हजार ७ सय ८६ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)