दिनेश लालले ३ महिना अघि दिएको राजीनामा स्वीकृत, एसियन लाइफको कामु सीईओमा होम बाहादुर
aarthiknews.com

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीबाट दिनेश लाल श्रेष्ठ बाहिरिएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट दिनेश लालले दिएको राजीनामा आइतबार स्वीकृत भएसँगै उनी कम्पनीबाट बाहिरिएका हुन् ।
कम्पनीका अनुसार दिनेश लालले गत साउनमा नै राजीनामा दिएका थिए । तर, सञ्चालक समितिले स्वीकृत गरेको थिएन । ३ महिनापछि कार्तिक ८ गते मात्रै उनको राजीनामा स्वीकृत भएको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)