गृहमन्त्री सुदन गुरुङको संसदमा आक्रोशपूर्ण सम्बोधन
ratopati.com · Fri Jul 10 11:08:37 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा आक्रोशित भावमा प्रस्तुत भएका छन् । मुगुबाट आएर काठमाडौँमा पठाओ चलाउने क्रममा काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीसँगको विवादपछि आत्मदाह गर्ने युवा गणेश नेपालीको मृत्युको विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरूले गरेको आलोचनाको प्रतिवाद गर्ने क्रममा उनी शुक्रबारको बैठकमा आक्रोशित भावमा प्रस्तुत भएका हुन् ।
सम्बोधनको सुरुमै उनले केही सांसदहरूले घाँटी सुक्ने गरी चिच्याएर प्रश्न उठाएको भए पनि वास्तविकता बुझ्न प्रयास नगरेको आरोप लगाए । उनले सदनमा उभिएर ‘हिजो हस्पिटलमा गणेश नेपाली जीवनको अन्तिम लडाइँ लडिरहँदा यहाँ चिच्याउने कति जना सांसद पुगेका थिए’ भन्दै कडा प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
सुधन गुरुङ