गणेश नेपालीको मृत्युपछि सुर्खेतमा प्रदर्शन
baahrakhari.com · Fri Jul 10 11:07:21 GMT 2026

सुर्खेत । काठमाडौंको त्रिपुरेश्वरमा पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भयो । उनको मृत्युपछि सुर्खेतमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौं महानगर प्रहरीसँग भएको विवादपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि घटनाको विरोधमा युवाहरू सडकमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ महानगरपालिका
काठमाडौँ