डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई अघि सार्ने सरकारको निर्णय
swasthyakhabar.com · Mon Oct 26 05:17:31 GMT 2026

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को सर्वोच्च पद ‘क्षेत्रीय निर्देशक’का लागि नेपालले प्रतिस्पर्धा गर्ने भएको छ। उक्त पदका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने औपचारिक निर्णय नेपाल सरकारले असोज ३० गते मन्त्रिपरिषद्बाट गरेको हो।
तत्कालीन क्षेत्रीय निर्देशक बंगलादेशकी साइमा वाजेदले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा डा. मिश्रालाई अघि सार्ने निर्णयसँगै नेपालले उनको पक्षमा सदस्य राष्ट्रहरूको समर्थन जुटाउन कूटनीतिक समन्वय र लबिङ अघि बढाउने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)