बालेन सरकारका ४ अध्यादेश बने कानुन
ratopati.com · Fri Jul 10 11:21:08 GMT 2026

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि बालेन सरकारले ल्याएका ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।
राष्ट्रपति पौडेलले ४ विधेयकलाई प्रमाणीकरण गरेको जानकारी सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको प्रतिनिधि सभामा गराए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ४ विधेयक प्रमाणीकरण गरेको जानकारी राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)