जब पहिलोपटक त्रिविले प्यारापिटमा दर्शक र फ्लडलाइटको अनुभव गर्यो
baahrakhari.com · Mon Nov 17 17:41:07 GMT 2025
काठमाडौं । गत वर्ष नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण हुँदा त्रिवि ‘क्रिकेट मैदान’ थियो । एक वर्षपछि त्यही स्थान अहिले ‘क्रिकेट रंगशाला’ बनेको छ । मैदान र रंगशाला छुट्याउने मानक के हुन् भन्ने कौतहला हुनु स्वाभाविक नै हो । एउटा सामान्य मैदानलाई रंगशालाको सम्मान दिने मानकमा पर्छन्, व्यवस्थित प्यारापिट र फ्लडलाइट । सुविधासम्पन्न रंगशाला बन्न अरु धेरै आवश्यकता होलान् । त्रिवि रंगशालाले यी सबैलाई अहिले नै पूरा गर्दैन पनि । तर, मैदानको स्वरुप सामान्य नै भए पनि त्रिविको क्रिकेट मैदान अब रंगशालामा परिणत भएको छ ।
यही रंगशालामा सोमबार (मंसिर १) एनपीएल दोस्रो संस्करणको ऐतिहासिक खेल आयोजना भयो । जहाँ प्रतिस्पर्धामा थिए, साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं उपत्यकाको प्रतिनिधित्व गरिरहेको टोली काठमाण्डू गोर्खाज ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)