लेबनानका पूर्व प्रधानमन्त्री हरिरिका हत्यारालाई आजीवन काराबासको फैसला
ratopati.com
एजेन्सी । लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ । सन् २००५ मा भएको सो घटनामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका एक कार्यकर्तालाई आजीवन जेल सजाय तोकिएको हो ।
राष्ट्रसंघीय अदालतले ५७ वर्षीय सलिम अयाशलाई आजीवन जेल सजाय गर्न शुक्रबार फैसला गरेको जनाइएको छ । उनले आत्मघाती बम आक्रमण गर्दा अरबपति राजनीतिज्ञसहित २२ जनाको मृत्यु भएको ठहर गरिएको बताइएको छ । घटनामा धेरै जनाको मृत्यु भएकाले उनलाई अदालतले आजीवन काराबासको पाँच गुणा बढी सजाय हुनुपर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)