स्व. वासुदेव मुनालको ७७औँ जन्मजयन्तीमा नयाँ कृतिको आवरण सार्वजनिक
onlinekhabar.com · Fri Jul 10 11:22:51 GMT 2026

२५ असार, काठमाडौं । स्वर्गीय वासुदेव मुनालको ७७औँ जन्मजयन्तीको स्मृतिमा उनीद्वारा लिखित संस्मरणात्मक कृति ‘आओ ! मेरा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ को आवरण आज सार्वजनिक गरिएको छ । लामो समय रेडियो नेपालमा बाल कार्यक्रम सञ्चालन गर्दा मुनालले त्यही भनाइबाट कार्यक्रमको सुभारम्भ गर्ने गरेका थिए ।
बुकहिल पब्लिकेसनद्वारा प्रकाशित हुन लागेको यस कृतिमा रेडियोसँग जोडिएका अविस्मरणीय अनुभव, बालकार्यक्रमका रोचक प्रसङ्ग, गीत–संगीतको यात्रा तथा लेखकको निजी जीवनका उतारचढाव समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)