सर्वोच्चलाई कांग्रेसको जवाफ : प्राविधिक त्रुटिलाई आधार बनाएर गरिएको दाबी अर्थहीन
ratopati.com · Sun May 17 10:41:49 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पिछडिएको क्षेत्रबाट सांसद छनोट गर्ने क्रममा भएको विवादबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेको छ ।
काँग्रेसले कालिकोटका कालीबहादुर सहकारीलाई पिछडिएको क्षेत्रको कोटामा सांसद सिफारिस गर्ने निर्णय कानुनसम्मत भएको दाबी गर्दै उनीविरुद्ध परेको रिट खारेज गर्न माग गरेको छ । लिखित जवाफमा कांग्रेसले मुख्यतया प्राविधिक त्रुटिलाई आधार बनाएर गरिएको दाबी अर्थहीन रहेको उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)