५२ हजार घरमा क्षति, बने ५ सय टहरा
ekantipur.com · Tue Nov 28 00:54:58 GMT 2023
सुर्खेत, रुकुम पश्चिम — जाजरकोट भूकम्पले घरबारविहीन भई पाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन् । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सारिनेसमेत टुंगो हुन सकेको छैन । राजनीतिक दल, संघसंस्था र व्यक्तिगत रूपमा अस्थायी टहरा बनाउने काम भइरहे पनि सरकारीस्तरबाटै ठोस रूपमा काम हुन सकेको छैन ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ३४ हजार ५ सय १ र रुकुम पश्चिममा १६ हजार ९ सय ९ घर पूर्ण रूपमा भत्किएका छन् । कार्यालयका अनुसार कर्णालीभरि झन्डै ५५ हजार परिवार प्रभावित भएका छन् । त्यसमध्ये झन्डै ५१ हजार परिवारले राहतबापत त्रिपाल, कम्बल र खाद्यान्न पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)