इन्द्रप्रस्थ हस्पीटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता
ajakoartha.com · Wed Jun 10 06:09:00 GMT 2026

काठमाडौं नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पीटल र काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी , प्रभु बैकंका मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १०% छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरु लाई औषधी र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १०% छुट पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ