बेल्जियमका मेयर तथा सांसदमाथि नेपालीद्वारा आक्रमण प्रयास
annapurnapost.com · Thu Aug 13 23:02:00 UTC 2020
ब्रसेल्स : बेल्जियमका मेयर तथा सासद बार्ट दे वेभेरमाथि ४० वर्षीय नेपालीले आक्रमण प्रयास गरेका छन्। करिब चारदेखि ५ हजार नेपाली बसोबास गर्ने शहर एन्टवेर्पेन शहरका बहालवाला मेयर र भ्लाम्स पार्लियामेन्टका सांसदसमेत रहेका मेयर बार्टमाथि आक्रमण प्रयास गर्ने नेपाली लाई आज बिहान प्रहरीले पक्राउ गरेको कुरा एचएलएन न्युजले बताएको छ।
बेल्जियमको संघीय संसद र भ्लाम्स संसदमा सबैभन्दा संसद जितेको ठूलो राजनीतिक पार्टी एनभियाबाट सम्भावित प्रधानमन्त्री उम्मेद्वार रहेका पार्टी केन्द्रीय सभापती तथा मेयर बार्टलाई निवास र स्वास्थ अभ्यासका लागि पार्कमा जाँदा नेपालीले फलो गरेका थिए। नेपालीको घना बस्ती रहेको दुर्नेमा रहेको मेयर बार्ट दे वेभेरको निजी निवासको ढोका र गार्डेनमा गत बिहिबार र शुक्रबार ति नेपाली रातको समयमा गएका थिए। चोर्ने या आक्रमण गर्न गएको पुष्टी नभए पनि मेयरले आफु बच्न निवासमा रहेको भारतीय एअर राईफल निकालेर ति नेपालीलाई ताकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)