सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबाट शेयर कारोबारी डराउनुपर्ने कारण छैन - मनाेज ज्ञवाली
arthasansar.com · Mon Oct 26 05:44:36 GMT 2026

एकै दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको शेयर खरिद वा बिक्री गर्दैमा त्यस्तो कारोबार अवैध वा शंकास्पद नहुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बताएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले वैध स्रोतबाट आर्जन गरेको रकम लगानी गर्दा डराउनुपर्ने कारण नभएको उल्लेख गरेका हुन।
ज्ञवालीका अनुसार, एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भएमा सम्बन्धित संस्थाले वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) मा कारोबारको प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । यस्तो कारोबारको विवरण कारोबार भएको १५ दिनभित्र थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट (टीटीआर) मार्फत पठाउनुपर्छ । बैंक निक्षेपका हकमा लामो समयदेखि लागू रहेको यस्तो प्रतिवेदनसम्बन्धी व्यवस्था शेयर कारोबारमा पनि पूर्णतः नयाँ नभएको उनको धारणा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)